Live on
Your Voice, Your Power
काठमाडौं - इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले दुःख व्यक्त गरेका छन्। सभामुख घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनले केवल उनको परिवारलाई मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई गहिरो पीडा पुर्याएको बताएका छन्। उनले विपिनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका…