Live on
Your Voice, Your Power
चितवन– आँखा पाक्ने सङ्क्रमण फैलिएपछि चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो । हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी आजदेखि २६ गतेसम्म सबै विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए…