धर्म / संस्कृति « Khabarhub

सेतो मच्छेन्द्रनाथको महास्नान सकियो, आज घाममा राखियो

काठमाडौँ - प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन गरिने सेतो मच्छेन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ। नियमित राख्ने स्थानबाट बाहिर डबलीमा निकालेर सेतो मच्छेन्द्रनाथलाई महास्नान गराउने परम्परागत विधि छ। सेतो मच्छेन्द्रनाथलाई लगाइएको सबै कपडा फुकालेर शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले महास्नान गराइएको मन्दिरका पुजारी एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।…