समाचार Archives | Page 1126 of 7419 | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक कात्तिक १४ गते बस्ने

काठमाडौँ– राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज यहाँ जारी सूचनामा उल्लेख छ ।  यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो ।