समाचार Archives | Page 2489 of 7421 | Khabarhub Khabarhub

नेपाल टेलिकमको सह–प्रवक्तामा उपप्रबन्धक भट्टराई  नियुक्त

काठमाडौँ- नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।