समाचार Archives | Page 2602 of 7431 | Khabarhub Khabarhub

नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। बुधबार स्थगित बैठक आज बस्ने भएको हो । आजको बैठकमा केन्द्रीय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने सम्भावना छ । स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरूलाई केन्द्रीय विभागमा जिम्मेवारी बाँडफाँड गर्ने एजेन्डामा प्रवेश गरेको माओवादीमा आज निर्णय लिने तयारी छ।