राजनीति Archives | Page 66 of 1942 | Khabarhub Khabarhub

कांग्रेसले मन्त्री फिर्ता नबोलाएपछि माओवादीले हितबहादुरलाई सरकारमा पठाउने 

काठमाडौं- नेकपा माओवादी केन्द्रले हितबहादुर तामाङलाई सरकारमा पठाउने भएको छ । माओवादीले वर्षमान पुनलाई अर्थमा पठाउने भनेको थियो । तर कांग्रेसले मन्त्रालय आज मन्त्रीहरूलाई फिर्ता नबोलाउने भएपछि माओवादीले तामाङलाई पठाउने भएको हो । तामाङ विना विभागीय मन्त्री बन्ने पार्टी सचिव राम कार्कीले बताए । उनले भने, ‘अहिले विभाग निधो भएको छैन ।’