समाचार Archives | Page 80 of 402 | Khabarhub Khabarhub

हालसम्म ६ लाख ५० हजार बढीले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ । निको हुने दर ९४.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।