Live on
Your Voice, Your Power
काठमाडौं- ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । शुक्रबार बैंकको सञ्चालक समिति बैठकले बज्राचार्यलाई सीईओको रुपमा नियुक्त गरेको हो । उनको आगामी कार्यकाल ४ वर्षको हुनेछ । बज्राचार्यलाई आगामी १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।