समाचार « Khabarhub

गण्डकीमा १ हजार ५४९ जना संक्रमित थपिए, १९ को मृत्यु

पोखरा– गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ हजार ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा कास्कीमा मात्रै ४४० जना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार २४ घण्टामा ३ हजार ३६८ जनामा गरिएको परीक्षण गरिएको थियो । जसमध्ये स्याङ्गजाका २४० जना, लमजुङका २३९, गोरखाका २२३, नवलपुरका १५६, पर्वतका ९२,तनहुँका ६२,…