Live on
Your Voice, Your Power
अछाम- जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका ५ घर भएकी ५१ वर्षीया महिलाको निधन भएको हो । उनलाई कोरोना भाइरसको आशंकामा वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । उनको थ्रोट स्वाब संकलन गरेर सुर्खेत पठाएको र रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।