गण्डकी प्रदेशमा छ जना थपिए कोरोना सङ्क्रमित « Khabarhub

गण्डकी प्रदेशमा छ जना थपिए कोरोना सङ्क्रमित


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लामा गरी थप छ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । तनहुँको घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

सङ्क्रमितहरु वर्ष ४५, २२, २७, २७, र ४६ का पुरुषहरु रहेकामा उनीहरुलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेशन कक्षमा ल्याइएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसैगरी नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का एक जना पुरुषमा समेत सङ्क्रमण पुष्टि भएकाले उनलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशका हिमाल पारिका मनाङ र मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४६, बागलुङमा ४०, पर्वतमा २६, गोर्खामा १५, तनहुँमा नौ, कास्कीमा पाँच, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् । कूल सङ्क्रमित मध्य नौ जना महिला छन् । सङ्क्रमित मध्य १६ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।

सङ्क्रमितहरुको जिल्लास्थित अस्पतालमा उपचार भइरहेको छ । कालिका सामुदायिक अस्पतालमा स्याङ्जामा ५१, प्राकृतिक चिकित्सालय रजहरमा ३४, कोरोना अस्पताल पर्वतमा २५, धौलागिरि क्याम्पस आइसोलेशन वार्डमा १७, धौलागिरि अस्पतालमा ११, गोरखा अस्पतालमा १४, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सात, जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा नौ, कोरोना अस्पताल भरतपुरमा पाँच, मध्यविन्दु अस्पताल नवलपरासी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चार/चार र स्याङ्जा र बेनी अस्पतालमा तीन/तीन जनाको उपचार भइरहेको छ ।

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ (कोरोना नभएको) आएको छ । स्वाब लिइएकाहरु मध्ये दुई हजार ३८२ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  २ : २५ बजे

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको