समाचार « Khabarhub

नागरिक सहभागिता सुनिश्चित गरी कानुन बनाइरहेका छौँ : मन्त्री चौरसिया

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नागरिकको सहभागिता सुनिश्चित हुने गरी कानुन निर्माण भइरहेको बताएका छन् । राष्ट्रियसभामा आइतबार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तरमा उनले कानुन निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन तथा यसमा नागरिकको सहभागिता अभिवृद्धि गर्ने काम गरिरहेको बताए । मन्त्री चौरसियाले कानुन निर्माण प्रक्रिया पारदर्शी तथा सहभागितामूलक बनाउने प्रयोजनका साथ तर्जुमा गरिएको विधायन ऐन, २०८१ जारी…