समाचार « Khabarhub

 अविरल वर्षाले अरनिको राजमार्ग भासियो, यातायात ठप्प 

काठमाडौं– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालकिा–४ चारकिलोस्थति राजमार्गमा करिब १५ मिटर लम्बाइ र १ फिट गहिराइमा सडक भासिएको छ । सडक बिहीबारदेखि नै भासिँदै गएको थियो ।  शनिबार परेको लगातार वर्षाका कारण क्षति थप बढेको हो । भासिएका कारण राजमार्ग पूर्णरूपमा बन्द भएको प्रहरीले जनाएको छ ।