समाचार « Khabarhub

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत् चुहावट भएर आगलागी हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट ९० वटा कुर्सी, चार वटा दराज, सोफा, टेबल, एउटा फ्रिजलगायतका सामान नष्ट भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए ।