समाचार « Khabarhub

अमेरिकामा नेपाली युवतीमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक

टेक्सास - अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको पहिचान गर्दै त्यहाँको प्रहरीले तस्बिर सार्वजनिक गरेको छ। अमेरिकाको ह्युस्टन प्रहरीले अभियुक्तको तस्बिर बुधबार सार्वजनिक गरेको हो। प्रहरीले तस्बिर सार्वजनिक गरे पनि अभियुक्तको पहिचान खुलाएको छैन। अमेरिकाबाट प्रकाशन हुँदै आएको नेपयोर्क अनलाइनमा उल्लेख भए अनुसार तस्बिर सार्वजनिक भए पनि अभियुक्तको अझै पहिचान खुल्न सकेको छैन।…