समाचार « Khabarhub

राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित विशेष समारोहमा सरिक भएका छन्।  त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो । साथै सो अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरियो…