समाचार « Khabarhub

राष्ट्रपति समक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा थाइल्यान्ड, गणतन्त्र पोर्चुगल, गणतन्त्र भेनेजुएला र मंगोलियाका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। थाइल्यान्डका अधिराज्यका आवासीय राजदूत सुवापोङ सिरिसन, गणतन्त्र पोर्चुगलका गैरआवासीय राजदूत जोयाओ म्यानुअल म्यान्डेस रिबेरिओ डे अल्मेइडा, गणतन्त्र भेनेजुएलाका गैरआवासीय राजदूत कपाया…