Live on
Your Voice, Your Power
सुरुङ्गा- निर्वाचनको ‘इपिसेन्टर’ का रूपमा चर्चामा आएको झापामा देशभरका शीर्ष नेता र उम्मेदवारहरूको बाक्लो आवतजावत बढेसँगै चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थल परिसरमा नेपाली सेना परिचालन गरिएको हो । विमानस्थलको टर्मिनल बाहिरको सुरक्षा जिम्मा लिँदै अरिदमन गण चारआलीका मेजरको कमाण्डमा सेनाको एक नफ्री तैनाथ गरिएको छ…