Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सचिवालयका अनुसार एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको हो । यो बैठकले आगामी मङ्सिरमा हुने एमालेको महाधिवेशनका विषयमा छलफल हुने बताइएको छ। नेकपा एमालेले मङ्सिर २७ गतेदेखि पोखरामा एमालेको एघारौँ महाधिवेशन गर्ने तयारी गरेको छ । यसैको तयारीका लागि छलफल गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ।