Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबार परिसरमा प्रदर्शन गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै, नैतिकता खोइ, अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टाँसेका थिए…