Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले जित निकालेको छ । गएराति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै वुल्भ्स विजयी भएको हो । वुल्भ्सको जितमा ह्वाङ ही चानले गोल गरेका थिए । खेलको ४२औँ मिनेटमा उनले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै १५ खेलबाट वुल्भ्स १२औँ स्थानमा रहेको छ ।…