आजका समाचार : विधेयक पारितदेखि नामिबियाविरुद्ध सङ्घर्षपूर्ण जितसम्म | Khabarhub Khabarhub

आजका समाचार : विधेयक पारितदेखि नामिबियाविरुद्ध सङ्घर्षपूर्ण जितसम्म


१८ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित, प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित, बाँसबारीको जग्गा सरकारीकरण गर्ने प्रक्रियाविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका प्रतिवादी पुगे सर्वाेच्च, आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन, उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिइने, राजधानीमा मिटरब्याजपीडितको साङ्लेजुलुस, नामिबियाविरुद्ध नेपालको सङ्घर्षपूर्ण जितलगायतका समाचारले परमुख सथान पाए।

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो । छलफलमा सांसदहरु रमेशजङ्ग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफनो धारणा राखेका थिए ।

प्रतिनिधिसभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित

अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राखेको विधेयक पारितको प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिले दिएको प्रतिवेदनसहितको छलफल भएको थियो ।

बाँसबारीको जग्गा सरकारीकरण गर्ने प्रक्रियाविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोत कार्यालयको प्रक्रियाविरुद्ध व्यवसायी अरुण चौधरीले मागेको अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

सरकारले अघि बढाएको प्रक्रिया बदर गर्न माग गर्दै चाँदबाग रेसिडेन्सीको तर्फबाट अदालतमा निवेदन दिएपनि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सरकारबिरुद्ध अन्तरिक आदेश दिन अस्विकार गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका प्रतिवादी पुगे सर्वाेच्च

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अधिकांश प्रतिवादीहरु सर्वाेच्च अदालत पुगेका छन् । सर्वोच्च पुगेकामध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको छ ।

आफूलाई थुनामा पठाउने निर्णय बदर हुुनपर्ने माग गर्दै उनी सर्वोच्च पुगेका हुन् । जिल्ला अदालत काठमाडौंले थुनामा पठाएपछि पाण्डेय उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालत पाटनले पनि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेपछि उनी सर्वोच्च पुगेका छन् । पाण्डेय अघि अन्य थुनामा रहेका प्रतिवादीहरु सर्वोच्च पुगिसकेका छन् । उनीहरुको मुद्दामा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ। पाण्डेयको मुद्दामा पनि सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।

पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आज चितवनको नारायणी नदी किनारमा आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको पर्यटन प्रवर्द्धनका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।

नेपालको नीति तीनखम्बे अर्थनीति भएकाले पर्यटन प्रवर्द्धनमा सङ्घ, प्रदेश, स्थानीय तहका साथै सरोकारवाला निकायको एकआपसमा सहकार्य आवश्यक रहेको सभापति देउवाले बताए । कोरोनाका कारण नेपालको अर्थतन्त्रमा परेको असर पर्यटन क्षेत्रको चलायमान अवस्थाले परिपूर्ति गर्दै जाने उनको भनाइ छ ।

भरतपुरमा पर्यटन विकासको प्रचुर सम्भावना छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको सहर भएको बताएका छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइँसराइ गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताए ।

राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा केही असर पर्दैन : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छिन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन् ।

उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिइने

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । शुक्रबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

उल्लेखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २५ चैत बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त २६ चैत बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी २६ चैतकै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता पौडेलले बताए ।

वर्तमान गठबन्धन पाँचै वर्ष चल्छ : रक्षामन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन जनादेशअनुसार पाँच वर्ष चल्ने बताएका छन् ।

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै खड्काले गठबन्धनमा कुनै समस्या नरहेको भन्दै गठबन्धन पाँच वर्ष चल्ने बताएका हुन् । उनले गठबन्धन बीचमै तोडिने हो की भन्ने आशंका नगर्न आग्रह गरे ।

आजदेखि लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धी र विधेयक प्राधिकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

राजधानीमा मिटरब्याजपीडितको साङ्लेजुलुस

विभिन्न माग राख्दै आन्दोलन गरिरहेका मिटरब्याजपीडितहरुले शुक्रबार साङ्लेजुलुस निकालेका छन् ।

आफूहरुको मागको छिटो सुनुवाइ गर्नुपर्ने भन्दै उनीहरुले एकआपसमा साङ्लोले बाधेरे साङ्लेजुलुस निकालेका हुन् । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको साङ्लेजुलुस भद्रकाली पुगेर समापन भएको थियो ।

कवाडी व्यवसायीले गरे काठमाडौं महानगरविरुद्ध प्रदर्शन

कवाडी व्यवसाय सञ्चालन गर्न नदिएको भन्दै कवाडी व्यवसायीले काठमाडौं महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाभित्र दर्ता भएका व्यवसाय हटाउन भन्दै वडा कार्यालयले पठाएको पत्रप्रति विरोध जनाउदै कवाडी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले अनाधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर, अदालतको निर्णयको सम्मान गर, कानुनी शासन लागू गर, हाम्रो व्यवसायमाथिको हस्तक्षेप बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

काठमाडौंका ११८ औषधि पसल मापदण्डविपरीत

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ ।

कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ ।

अन्तर्राष्ट्रिय…

यौन उत्पीडनका ९९ आरोप खेपिरहेका जापानी मेयरले दिए राजीनामा

सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रबार राजीनामा दिएका छन् ।

एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरू गरेको आरोप लगाएको छ । पत्रकारका अगाडि आँशु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि बिहीबार ७४ वर्षीय कोजिमाले राजीनामा दिने बताएका हुन् ।

८० प्रतिशत हिमाल हिउँरहित हुने वैज्ञानिकहरूको चेतावनी

बदलिँदो मौसमको चपेटामा विश्व नै परिरहेको छ र ग्लोबल वार्मिङका कारण देशहरूमा संकट गहिरिँदै गएको छ ।

यसैबीच एउटा नयाँ अनुसन्धानले एउटा डरलाग्दो कुरा खुलासा गरेको छ । नयाँ अनुसन्धानका अनुसार यदि ग्लोबल वार्मिङ ३ डिग्री सेल्सियसले मात्रै बढ्यो भने पनि हिमालय क्षेत्रको करिब ९० प्रतिशत भूभाग एक वर्षसम्म सुख्खा रहनेछ । सो अनुसन्धान पछि वैज्ञानिकहरूले कडा चेतावनी दिएका छन् ।

खेलकुद…

नामिबियाविरुद्ध नेपालको सङ्घर्षपूर्ण जित

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ । कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै केबल १ सय ७७ रनमा समेटियो ।

नामिबियाका जेजे स्मिटले ५० रन प्रहार गरे । त्यसैगरी, जान फ्राइलिङ्कले ३७ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए ।

भक्तपुर कप फुटबल सुरु

शुक्रबारदेखि तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका छन् ।

उद्घाटनमा नगर प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिता आजको लागिमात्र नभइ भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणका लागि भएको बताए ।

 

 

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : १४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि