समाचार Archives | Page 3557 of 8640 | Khabarhub Khabarhub

थप दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए । शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।