समाचार Archives | Page 3648 of 8585 | Khabarhub Khabarhub

राष्ट्रपति निर्वाचनका विषयमा सबैसँग छलफल गर्ने नेकपा एसको निर्णय

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनका विषयमा सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टीका महासचिव बेदुराम भुसालले विज्ञप्ति जारी गर्दै राष्ट्रपति निर्वाचनका विषयमा सबैसँग छलफल गर्ने जानकारी दिएका हुन् ।