Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्वसांसद एवं कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा क्यान्सरको उपचार गरिरहेका घलेको मंगलबार उपचारको क्रममा निधन भएको हो । ५९ वर्षीय घले २०७४ मा समानुपातिक सांसद थिए । कांग्रेसले शोक विज्ञप्तिमार्फत घलेको निधनले नेपाली कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति भएको जनाएको छ ।