समाचार Archives | Page 3869 of 8609 | Khabarhub Khabarhub

नन्दा गुरुङ कर्णाली प्रदेशसभाको सभामुखमा निर्वाचित

काठमाडौँ- नन्दा गुरुङ कर्णाली प्रदेशसभाको सभामुखमा निर्वाचित भएकी छिन् । प्रदेशसभामा भएको निर्वाचनमा २४ मत प्राप्त गर्दै गुरुङ सभामुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर पोखरेलले १४ मत प्राप्त गरे । ३९ सदस्यीय सभामा निर्वाचनमा भने ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य थिइन ।