Live on
Your Voice, Your Power
काठमाडौँ - चीनका राष्ट्रपति सी चिनफिङ रुसको भ्रमणमा जाने भएका छन् । रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा सी मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा जाने कार्यक्रम तय भएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले शुक्रबार भ्रमणबारे जानकारी दिएका हुन्। भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।