Live on
Your Voice, Your Power
काठमाडौँ – राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्। आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्य उम्मेदवारी नपरेको र एउटा मात्र सुचना प्राप्त भएका कारण अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी अर्याललाई नेपाली कांग्रेसलगायतका दलले समर्थन गरेका थिए।