समाचार « Khabarhub

खोलाले बगाउँदा दैलेखमा एकजनाको मृत्यु 

दैलेख– दैलेखमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ।  नौमुले गाउँपालिका ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमालको मृत्यु भएको हो।  बिहीबार दैलेख बजारबाट घर फर्किने क्रममा बाटोमा पर्ने खोलामा चिप्लिएर लड्दा झिल्के खोलाले बगाउँदा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।