समाचार « Khabarhub

दुई छोरासँगै गण्डक नहरमा हाम फालेकी महिलाको खोजी जारी

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हाम फालेर बेपत्ता भएकी एक महिला र उनका दुई वटा छोराको खोजी कार्य भइरहेको छ । मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफ्यालेकी थिइन् । तीन जनाकै खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।