Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रको आइतबार बसेको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रदेश कमिटिमा रिक्त पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले प्रदेश १ बाहेक ६ वटा प्रदेशमा जिम्मेवारी तोकेको हो। प्रदेश १ मा भने पछि तोकिने जनाइएको छ।…