Live on
Your Voice, Your Power
काठमाडौँ- युरोकपको तयारीमा रहेको पोर्चुगलले मैत्रीपूर्ण फुटबलमा इजरायलविरूद्ध शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो । पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक/एक गोल गरे । पोर्चुगलले युरोकप अन्तर्गत पहिलो खेलमा मङ्गलवार हङ्गेरीसँग खेल्दैछ ।