समाचार « Khabarhub

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ

काठमाडौँ- नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार,  सुदूरपश्चिम प्रदेशका देवराज जोशी र  प्रदेश नं १ का  परशुराम खापुङ्गले  पद तथा गोपनीयताको शपथ  लिएका हुन् । शपथ लिएका तीनै जना प्रदेश प्रमुख गत मंगलबार नियुक्त भएका थिए ।…