Live on
Your Voice, Your Power
बुटवल- कोरोना संक्रमित गुल्मीकी ५८ वर्षीया एक महिलाको बुटवलमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भई शुक्रबार गम्भीर अवस्थामै लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको उनको कोरोना आईसीयूमा लैजाने क्रममा शुक्रबार साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । श्वासप्रश्वासको समस्या देखिएको उनी गुल्मीको रेसुंगा नगरपालिका–३ की बासिन्दा हुन् ।