समाचार « Khabarhub

आज मध्यरातबाट लकडाउन अन्त्य

काठमाडौं । सरकारले आज मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन अन्त्य गर्ने निर्णय भएको उनले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए…