Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटरमा अहिले विपद् व्यवस्थापन समितिको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता सहभागी छन् । मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोले पुर्याएको क्षति र जोखिम न्यूनीकरण गर्न चाल्नुपर्ने कदमका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।…