समाचार « Khabarhub

हिँउ हटाइएपछि सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुला

अमरगढी– हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग ३८ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग शनिवार देखि सञ्चालनमा आएको हो । हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो…