समाचार Archives | Page 972 of 8530 | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण मूख्य एजेण्डा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने सचिवालयले जनाएको छ । बैठकमा यही मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणलगायतका एजेण्डामा छलफल हुनुका साथै भ्रमण स्वीकृत गरिने बताइएको छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा आज अपराह्न चीन प्रस्थान गर्दैछिन् ।