Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचन नजिती कुनै पदमा नजाने बताएका छन् । पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका हुन् । यसअघि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै रहने पार्टीको निर्णय छ ।