राजनीति « Khabarhub

दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मतदान

काठमाडौँ- आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा  देशभर १२ बजेर ४५ मिनेटसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन् । यो पटकको निर्वाचनमा बिहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए ।