राजनीति « Khabarhub

नेता घनश्याम भुसाल अस्पतालमा भर्ना 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल कार चलाउँदा चलाउँदै बेहोस भएका छन्।  कार चलाएर आलोकनगरस्थित पार्टी कार्यालय जाने क्रममा नेता भुसाल नयाँबानेश्वर पुगेपछि बेहोस भएका थिए। कारमा बेहोस हुन पुगेका उनलाई सिभिल अस्पतालमा भर्ना गरिएको समाजवादीका नेता अशेष घिमिरेले बताए। भुसालको स्वास्थ्य अहिले सामान्य रहेको छ।