Live on
Your Voice, Your Power
खोटाङ– खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा काङ्ग्रेसकातर्फबाट जीवन न्यौपाने वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कटवाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन्…