Live on
Your Voice, Your Power
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार बिहान सातै बजे मतदान गरेका छन्। स्थानीय तह निर्वाचन २०७९ अन्तरगत शुक्रबार गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा पुगेर सापकोटाले मतदान गरेका हुन्। साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पुगेर सापकोटाले मतदान गरेका हुन्।