राजनीति « Khabarhub

कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौँ : महामन्त्री थापा 

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्। बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन्। उनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दाबी गरे।…