राजनीति « Khabarhub

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकबहादुर घले निर्वाचित

काठमाडौं– मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। ६१० मत खसेको चामे गाउँपालिकामा उनले ३२० मत पाएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले २७९ ल्याएका छन्। उपाध्यक्षमा काँग्रेस विजयी भएको छ। उपाध्यक्षमा ३२५ मत ल्याउँदै कांग्रेसकी मिङमार डोमा लामा विजयी भएकी हुन्।…