राजनीति Archives | Page 624 of 2088 | Khabarhub Khabarhub

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन्। सय दिनमा सरकारले गरेका काम, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ। बैठकमा बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा पनि पार्टीका नेताहरुले सुझाव दिने तयारी गरेका छन्।