सरकार ढल्ने सम्भावना छैन : मन्त्री शर्मा « Khabarhub

सरकार ढल्ने सम्भावना छैन : मन्त्री शर्मा


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भनिन् “गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजिनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।”

संसदबाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद अवरुद्ध गरिनु दुःखद् भएको बताउँदै मन्त्री शर्माले मिटरब्याज पीडितलाई न्याय दिने कुरामा प्रतिपक्षलाई जिम्मेवार बन्न समेत आग्रह गरिन् ।

उनले जसरी पनि मिटरब्याज पीडितलाई न्याय दिएरै छोड्ने समेत प्रतिबद्धता जाहेर गरिन् ।

“प्रतिपक्षले संसद अवरोध गरेर अध्यादेश निष्क्रिय पारेपनि मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ । विगतका नजिर र अभ्यासका आधारमा प्रतिस्थापन विधेयकमार्फत पीडितलाई न्याय दिन्छौं” मन्त्री शर्माले भनिन् । उनले सरकार आफ्ना काममा अगाडि बढ्ने बताइन् ।

सरकारले सुरुदेखि नै जनताको सुशासन, भ्रष्टाचारविरुद्ध सरकार कठाईका साथ प्रस्तुत भएको मन्त्री शर्माले भनिन् । उनले सरकारका कदमबाट कसैको टाउको दुखेको समेत बताइन् ।

“सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएको छ । नागरिकताविहीनहरुले नागरिकता पाइरहेका छन् । निजामति सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताको साथ लागेको छ । यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा देखिन थालेको छ” मन्त्री शर्माले भनिन् ।

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले सक्कली नेपाललाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहिँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने बताइन् ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ९ : ३८ बजे

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार

इतर पक्षलाई गगनको जवाफ,‘मलाई तर्साएर तर्सिन्न, दबाएर दबिन्न, फकाएर फकिन्न’

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई दबाब,

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु