Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले अध्यापन अनुमतिपत्रको लागि शिक्षा संकायको अनिवार्यता खारेज गर्दै कानून निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानूनी व्यवस्था मिलाइने बताए। यसअघि केही प्राविधिक विषयबाहेक अनुमतिपत्रका लागि शिक्षा संकायको अध्ययन अनिवार्य थियो।