राजनीति « Khabarhub

अमेरिकी राजदूत थम्पसनद्वारा रक्षामन्त्री खड्कासँग भेटवार्ता

काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताएका थिए ।…